सरकारकै सहयोगमा अमेजन रेनफरेस्ट फडानी, प्रत्येक मिनेटमा १ हेक्टर बन फडानी

मंगलवार, आषाढ १७, २०७६ साल,
अमेजन रेनफरेस्ट तीव्र गतिमा फडानी भइरहेको नयाँ तथ्य सार्वजनिक भएको छ । स्याटेलाइट तस्बिरमा देखिए अनुसार प्रतिमिनेट एउटा फुटबल मैदान जति अमेजन जंगलको भाग फडानी हुने गरेको छ ।

ब्राजिलका नयाँ राष्ट्रपतिले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको हो । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

ब्राजिल सरकारका एक उच्च अधिकारीले वर्तमान सरकारले वन फडानीलाई बढावा दिएको बताएका छन् । बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् ।

फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ । स्याटेलाइट तस्बिर अनुसार यो वर्ष (सन् २०१९) को ६ महिनामा वन फडानीमा तीव्र रुपमा बढोत्तरी भएको देखिको छ ।

जायर बोल्सोनारो ब्राजिलको राष्ट्रपति बनेपछि वन फडानी बढेको हो । अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ । पछिल्लो दुई महिनामा भएको फडानीको दर अनुसार हरेक मिनेटमा एक हेक्टर वन क्षेत्र मासिने गरेको छ ।

गाईबस्तुका लागि चरन क्षेत्र बनाउनका लागि रुख ढालिएको सरकारी भनाई छ । ब्राजिलका यसअघिका सरकारले संरक्षणलाई प्राथमिकतामा राखेका थिए । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411