ओपोको रेनो १० एक्स ‘जुम इडिसन’मा, मूल्य करिब ९० हजार

सोमबार, आषाढ १६, २०७६ साल,
काठमाडौं । ओपोले नेपालमा रेनो १० एक्स जुम इडिसनमा सार्वजनिक गरेको छ। नयाँ फ्ल्यागसिप रेनो सिरिज अन्तर्गतको यो फोन आइतबारदेखि नेपाली बजारमा उपलव्ध गराइएको कम्पनीले जनाएको छ।

ओपो रेनो १० एक्स जुम ईडिसनको ८ जीबी र्यामर२५६ जीबी रोम संस्करणमा मूल्य ८९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दुई रङमा उपलब्ध छ। यो फोन पहिलो पटक चीनमा र लगत्तै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीमा सार्वजनिक गरिएको थियो।

ओपो रेनो १० एक्स जुम ईडिसन अलरओएस ६मा आधारित एण्ड्रोइड पाई मार्फत सञ्चालित हुन्छ। मोबाइल गेमिङ अनुभवमा उत्कृष्टता प्रदान गर्ने सोचका साथ फ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहित हाईपर बुस्ट पफर्मेन्स ईन्ह्यान्समेन्ट पनि उपलब्ध छ।

फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कभ्र्ड ग्लासको सुरक्षा प्रदान गरिएको छ। अल्ट्रासोनिक ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ। ६.६ इञ्च पानोरामिक एमोलेड डिस्प्ले सहितको ओपो रेनो १० एक्स जुम ईडिसनलाई शक्ति प्रदान गर्न ८ जीबी र्याम अप्सनका साथ ओक्टा–कोर स्न्यापड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ।

एफर १.७ लेन्स र लेजर अटोफोकस सहितको ४८ एमपी सोनी आइएमएक्स ५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा सेटअप फोनमा उपलब्ध छ। क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सर पनि छ।

एमडब्ल्यूसी २०१९ फेबु्रअरीमा प्रदर्शित गरिएझैँ १०एक्स लसलेस अप्टिकल जुम सुचारुका लागि ओपो रेनो १०एक्स जुम ईडिसनमा १६–१६० एमएम फोकल लेन्थ कभरेज उपलब्ध गरिएको छ। तस्विरमा अझ सटिकता र गुणस्तर प्रदान गर्न यसमा डुअल ओआईएस सपोर्टपनि दिइएको छ। साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमा आधारित अल्ट्रा नाइटमोड २।० र पोट्रेट मोड पनि सपोर्ट गर्छ।

स्टिल शट्सका साथै ओपो रेनो १०एक्स जुम ईडिसनमा भिडियो रेकर्डिङ केन्द्रित विभिन्न फिचर्सपनि दिइएका छन्। यो फोनले ओआईएस सपोर्टका साथ फोरके ६० एफपीएस भिडियो सपोर्ट गर्छ। साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङमा पनि टेवा पु¥याउँछ।

सेल्फीका लागि यसमा मात्र ०।८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फी क्यामेरा मोड्युलको ब्यवस्था गरिएको छ। कम्पनीका अनुसार उक्त मोड्यूल २ लाख पटक खोल्न र बन्द हुने कार्यका लागि परीक्षण गरिएको छ। फोनमा पोट्र्रेटका लागि ५ भिन्न मोड्सको ब्यवस्था छ।

ओपो रेनो १० एक्स जुम ईडिसनमा २ सय ५६ जीबी ईनब्यूल्ट स्टोरेज अप्सन दिइएको छ। कनेक्टिविटीका लागि फोनमा फोरजी एलटीई, वाईफाई, ब्लयूटूथ, डुअल जीपीएस, एनएफसी र यूएसबी टाइप–सी पोर्टको ब्यवस्थापनि रहेको छ । साथै फोनमा भोक ३.० सपोर्ट सहितको ४ हजार ६५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411