हुवासिन सिमेन्टमा २०४ जनालाई जागिरको अवसर

आईतवार, आषाढ १५, २०७६ साल,
काठमाडौं। एकवर्षभित्रै उत्पादन गर्ने लक्ष्यसहित हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ। कम्पनीले काममलाई तिब्रता दिन आइतबार २०४ जना कर्मचारी माग गरेको छ।

चाइनिज भाषा जानेकालाई कम्पनीले प्राथमिकतामा राख्ने छ। सबैभन्दा बढि फर्कलिफ्ट ड्राइभर मागिएको छ।

यसमा कम्पनीले ३० जना कर्मचारी चाहिने जनाएको छ। कुल ४५ विभागमा कर्मचारी माग गरिएको हो। मेसिन रिपेयर वर्कसपमा २४ जना माग गरिएको छ।

कम्पनीले उच्चमाध्यमिक अध्ययनदेखि स्नातकोत्तरसम्मकालागि जागिर खुलाएको छ। कतिपय जागरिका लागि भने अनुभव पनि मागिएको छ। काम गर्ने स्थान भने धादिङ हुने छ।

कम्पनीले धादिङको पानीखर्क क्षेत्रमा करिब ५०० रोपनी जग्गामा उद्योगको काम गरिरहेको छ।

कम्पनीले ‘एक्सेस रोड’सँगै उद्योग स्थापनाको काम गरिरहेको छ। पाँच सय कामदारले उद्योग पूर्वाधारको काम गरिरहेको छ। आधा नेपाली र आधा चिनियाँ कामदारले दिनरात नभनी काम गरिरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411