१५ असारमा हली बन्दा यस्ता देखिए डा. बाबुराम भट्टराई

आईतवार, आषाढ १५, २०७६ साल,
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई किसान हुलियामा देखिएका छन्।

असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्।

धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका १ खोप्लाङ गोरखा पुगेका थिए। उनको पुर्ख्यौली गाउँ त्यहीँ हो।

त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो। पूर्वप्रधानमन्त्री भट्टराईले धान दिवसमा गोरुसँगै दाँदे लगाए।

हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन्। ट्वीटरमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिऔं, स्वदेशमै रोजगार सिर्जना गरौं। कृषिमा आत्मनिर्भर बनौं।’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411