विद्युत् प्राधिकरणले साढे ६ सय कर्मचारी माग्यो, एसएलसी पासले आवेदन गर्न पाउने

शुक्रबार, आषाढ १३, २०७६ साल,
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले ६५४ जना नयाँ कर्मचारी माग गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी अधिकृत स्तर १० तहदेखि सहायक स्तरका कर्मचारीको समेत माग गरेको हो ।

प्राधिकरणले अधिकृत स्तर १० तह देखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका कर्मचारी माग गरेको हो ।

विभिन्न तह र सेवा समूहमा रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न उक्त संख्यामा कर्मचारी माग गरिएको हो ।

यही असार १३ गतेदेखि २१ दिन भित्र अर्थात आगमी साउन २ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411