कुन कुन ब्रोकर कम्पनीले पाए मार्जिन कारोबारको अनुमति

बिहीवार, आषाढ १२, २०७६ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले लामो समयदेखि मार्जिन कारोवारका लागि आवेदन दिएका ८ वटा ब्रोकर कम्पनीलाई बिहीबार अन्तिम स्वीकृती दिएको छ।

आवश्यक प्रकृया पूरा गरेका ती कम्पनीहरूलाई नेप्सेले बिहीबार मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको हो।

यो सँगै ती ब्रोकर कम्पनीहरूले शेयर कर्जा धितो राखेर मार्जिन सेवा उपलव्ध गराउन सक्नेछन्।

उच्चस्तरीय कार्यदलले सुझाव दिए बमोजिम लगानीकर्ताका लामो समयदेखिको माग सम्वोधन गर्ने क्रममा नेप्सेले मार्जिन सुविधा उपलव्ध गराएको हो ।

मार्जिन कारोबारका लागि नेप्सेबाट स्वीकृति पाउनेमा ब्रोकर कम्पनीहरूमा क्रिस्टल कंचनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, सेक्युर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनुर सेक्युरिटिज र दिपशिखा सेक्युरिटिज रहेका छन्।

अन्य ३ ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको भए पनि ती कम्पनीले हालसम्म पनि नेप्सेमा निवेदन दिएका छैनन्।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411