मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली दाहाल गृहकार्य, को को बन्दैछन् मन्त्री ?

बिहीवार, आषाढ १२, २०७६ साल,
काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको छ ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। यसका लागि नेताहरूले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदहरूसँग छलफल गर्न लागेका छन्। प्रधानमन्त्री ओलीले सांसदहरू महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्।

यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरू जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटारमा बोलाएका छन्।

अध्यक्षद्वयले सांसदहरूसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने बताएको छ। तर कुनकुन मन्त्रीलाई हटाइने भन्नेबारेमा केही खुलाइएको छैन।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त छ। अन्य मन्त्रीलाई भने कार्यसम्पादनका आधारमा जिम्मेवारीबाट हटाउने तयारी प्रधानमन्त्री ओलीको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411