अब टिभीको रिचार्ज गर्दा पनि थप कर तिर्नुपर्ने

बुद्धबार, आषाढ ११, २०७६ साल,
काठमाडौं ।मनोरञ्जनको टिकटमा  ५ नं प्रदेश सरकारले ५ प्रतिशत कर लगाउने भएको छ । चालु आर्थिक वर्षदेखि नै मनोरञ्जनको टिकटमा पांच प्रतिशत कर लगाउने प्रस्ताव गरेपनि कार्यान्वयनमा भने आउन सकेको थिएन ।

प्रदेश सरकारले अब टिभी केवल नेटवर्क र डिस टिभीको रिचार्ज रकममा पनि कर लगाउने भएको छ । टिभी केवल नेटवर्कको हकमा १ प्रतिशत र डिस टिभीको हकमा रिचार्ज रकमको २ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७६र०७७ देखि भने कार्यान्वयनमा ल्याउने गरी तयारी गरेको हो । सो व्यवस्था कार्यान्वयनमा आए अब चलचित्र, नाटकघर, थियटरको टिकट शुल्कमा पांच प्रतिशत कर लाग्ने छ ।

त्यस्तैगरी टिकट काटेर देखाइने खेल, सर्कस, मेला, जादु, चटके र विभिन्न मेला प्रदर्शनीको टिकट मूल्यको पांच प्रतिशत तथा टिकटको व्यवस्था नभएका मेला प्रदर्शनीमा पनि दिनको हिसाब र जिल्लाको वर्गीकरणको हिसाबले एकमुष्ठ दुई हजार पांच सयदेखि एक लाख पचास हजार रुपैयांसम्म शुल्क तिर्नुपर्ने छ ।

जसअनुसार सर्कस एक दिनका लागि क वर्गको जिल्लामा १० हजार ख वर्गको जिल्लामा ५ हजार र ग वर्गको जिल्लामा २ हजार ५ सय रुपैयां तिर्नुपर्ने छ । त्यस्तै सात दिनसम्म लाग्ने प्रदर्शनीका लागि क वर्गको जिल्लामा ५० हजार, ख वर्गको जिल्लामा २५ हजार र ग वर्गको जिल्लामा १२ हजार रुपैयां शुल्क लाग्ने छ । ८ दिन देखि १५ दिनसम्म लाग्ने प्रदर्शनीका लागि क वर्गको जिल्लामा १ लाख, ख वर्गको जिल्लामा ५० हजार र ग वर्गको जिल्लामा २५ हजार रुपैयां शुल्क बुझाउनु पर्नेछ ।

त्यसैगरी १६ दिनदेखि १ महिनासम्म सञ्चालन हुने प्रदर्शनीका लागि क वर्गको जिल्लामा १ लाख ५० हजार, ख वर्गको जिल्लामा ७५ हजार र ग वर्गका लागि ३७ हजार रुपैयां शुल्क लाग्नेछ । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, कपिलवस्तु, दाङ, बांके र बर्दियालाई क वर्गमा वर्गीकरण गरिएको छ भने पाल्पा, गुल्मी, अर्घाखांची र प्युठानलाई ख वर्गमा वर्गीकरण गरिएको छ । रोल्पा र रुकुम पूर्वलाई ग वर्गका जिल्ला निर्धारण गरिएको छ ।

प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ मा सो व्यवस्था गरिएको हो । सो विधेयक प्रदेशसभाको बैठकले बहुमतले पारित भएको छ ।

प्रदेश सरकारको यो व्यवस्था कार्यान्वयनमा आए अब सञ्चालन हुने मेला, महोत्सव तथा प्रदर्शनी, चलचित्र र खेलकुदको टिकटमा वृद्धि हुनसक्ने सम्भावना रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411