
काठमाडौं । सरकारले आउँदो शनिबारदेखि दैलेख र पाल्पा जिल्लामा पेट्रोलियम अन्वेषणको काम थाल्ने भएको छ । सो कार्यका लागि चिनियाँ विज्ञहरुको टोली अहिले काठमाडौंमा आइसकेको बताइएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले भने, ‘‘चिनियाँ टोली नेपाल आइसकेको छ । हामी आउँदो शनिबार स्थलगत रुपमा त्यसतर्फ जानेछौं ।’’
उनका अनुसार टोली पहिलो चरणमा दैलेख जिल्लामा जानेछ । नेपाल र चीनबीच गएको फेब्रुअरी महिनामा यो विषयमा सहमति भएको थियो ।
नेपाल र चिनियाँ पक्षबीच भएको सहमति अनुसार अन्वेषण कार्य आगामी तीन वर्षभित्रमा पूरा हुनेछ ।
जस अनुसार त्यहाँबाट पेट्रोलियम पदार्थ निस्कने अवस्था भयो भने सो सम्बन्धी परियोजनामा चीन सरकारले सहयोग गर्नेछ ।
दैलेख र पाल्पाका १० स्थानमा पेट्रोलियमको सम्भावना रहेको यसअघिका अध्ययनहरुमा देखिएको थियो ।
महानिर्देशक सापकोटाले भने, ‘‘हामीले पहिला गरेको अध्ययनकै आधारमा अहिले त्यहाँ थप अन्वेषण गर्न चाहेको हो ।