काठमाडौं महानगरभित्र अनाधिकृत पार्किङ गरे १० हजार जरिवाना

मंगलवार, आषाढ १०, २०७६ साल,
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत रुपमा पार्किङ गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब होसियार बन्नुहोस । किनभने काठमाडौं महानगरपालिकाले यसरी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना लगाउने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक बजेटमा सवारी र सवारीको सिसी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार अनधिकृत रुपमा मोटरसाइकल पार्किङ गरेमा १ हजार रुपैयाँसम्म जरिवाना लगाउने छ । त्यस्तै, ३ पांग्रे सवारीलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

त्यस्तै, १ हजार सिसी क्षमता भएका सवारी साधनका लागि २५ सय रुपैयाँ, १ हजार सिसीदेखि १५ सय सिसी क्षमता भएका सवारीलाई ५ हजार रुपैयाँ जरिवाना लगाउने छ ।

भने १५ सय सिसी क्षमता भएका सवारीलाई ७ हजार रुपैयाँ र २२ सय सिसी क्षमताभन्दा माथिका सवारी साधनलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411