किन बढ्यो सुनको मुल्य १ महिना मै ६ हजार रुपैयाँले, बनायो नयाँ रेकर्ड

मंगलवार, आषाढ १०, २०७६ साल,
काठमाडौं । अघिल्लो तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार पुन उकालो लागेर नयाँ उचाईमा पुगेको छ । मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । छापावाल सुनको मूल्यले मंगलबार तोलाको ६५ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिन सोमबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार एकैदिनमा प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य पछिल्लो एक महिनामा ६ हजार रुपैयाँले बढेको छ । एक महिना अगाडि सुनको मूल्य प्रतितोला ५९ हजार ६ सय रुपैयाँ थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला ६५ हजार २०० र चाँदी प्रतितोला ७४० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनाका चाँदीको मूल्य भने यथावत रहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो। सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले पनि सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ । बजेट यता नै सुनको भाउ प्रतितोला ६ हजार रुपैयाँ बढीसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411