आज देशैभरका स्थानीय तहले बजेट ल्याउँदै, कस्तो ल्याउलान् बजेट ?

मंगलवार, आषाढ १०, २०७६ साल,
काठमाडौं । देशभरका कूल ७५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने भएका छन् । केही स्थानीय तहले सोमबार नै बजेट ल्याएका छन् ।

नेपालको संवैधानिक प्रावधान अनुसार संघीय संसदमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने गरिन्छ । यस्तै प्रदेश सरकाररुले असार १ गते स्थानीय सरकारले असार १० गतेसम्म बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

काठमाडौं, ललितपुर, भरतपुर, विरगन्ज, विराटनगर, पोखरा महानगरसहितका उपमहानगर, नगरपालिका र गाँउपालिकाले पनि बजेट ल्याउने तयारी गरेका छन् ।

चालुआवमा स्थानीय तहले अनावश्यक रुपमा कर लगाएको भन्दै चर्को आलोचना भएको थियो । आज प्रस्तुत हुने बजेट मार्फत स्थानीय तहमा के कस्ता करका दर तय हुन्छन् भन्नेमा समेत चासो रहेको छ ।

अर्थमन्त्रालयले स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानीकरण अनुदान र सशर्त अनुदान १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको छ । यस्तै राजश्व बाँडफाड तर्फ स्थानीय तहलाई कूल १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाँड हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411