ज्याला दिन नसक्ने भन्दै इलामका चिया उद्योग बन्द

सोमबार, आषाढ ९, २०७६ साल,
इलाम । चियाको राजधानी भनेर चिनिएको इलाममा चियाको विषयलाई लिएर बारम्बार आन्दोलन हुन थालेको छ । सरकारले तोकेको ज्याला कार्यन्वयन गर्ने क्रममा बारम्बार आन्दोलन हुन थालेको छ ।

मजदुर आन्दोलन चर्किएपछि एकमहिना अघि मात्र श्रममन्त्री गोकर्ण विष्ट इलाम आएर समस्या समाधान गराएर गए तर फेरी इलामका चिया उद्योगीहरुले मजदुरलाई सरकारले तोकेको ज्याला दिन नसक्ने भन्दै उद्योग बन्द गर्ने निर्णय गरेका छन् ।

सूर्योदय नगरपालिकाले तोके बमोजिम हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्योगीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले आफ्नो संस्थासँग आबद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो ।

सूर्योदय नगरपालिकाले हरियोपत्तीको न्यूनतम् मूल्य ४० रुपैँया कायम गरेको थियो । तर, उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीको गुणस्तर खस्किएको भन्दै तोकेको मूल्य किसानलाई दिन नसक्ने भन्दै कारखाना बन्द गर्न सहमत भएका हुन् ।

उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढंगले दररेट तोकेको भन्दै उद्योग बन्द गर्नु परेको पनि कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।

नगरपालिकाले चिया उद्योगीहरुको समस्यालाई कहिल्यै नबुझेको राज्यले सेवा सुविधा दिनुपर्नेमा उल्टै दररेट तोकिदिँदा उद्योग धराशायी बन्न पुगेको उल्लेख गर्दै आफूहरुको समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

सूर्योदय नगरपालिकाबाट उत्पादन हुने अर्थोडक्स चियाको गुणस्तर खस्कँदै गएकाले पनि बाध्य भएर उद्योगीहरुले कारखाना बन्द गर्नु परेको पनि बताएका छन् ।

उद्योगीहरुले नेपाली चियाको आफनै क्लोन नहुँदा ब्रान्डिङ गरेर बेच्न समस्या भएको उल्लेख गर्दै उनीहरुले अर्गानिक प्रमाणिकरण लगायत कार्यमा अनुदानको माग राखेका थिए । ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा रहेका एक सय तीन चिया उद्योगले ५२ हजार एक मेट्रिक टन तयारी चिया उत्पादन गर्न सक्छन् । तर ति उद्योगहरुले बर्षेको १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन गर्ने गरेका छन् ।

उद्योगको बार्षिक क्षमताको ३६ प्रतिशत मात्रै उपभोग भइरहेको चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा १२ हजा ६६ हेक्टरमा चिया खेती लगाइएको छ । त्यसबाट दश करोड ८० हजार किलो हरियो पत्ति उत्पादन हुन्छ । देशभरमा ११ हजार ४१ वगान छन् जिल्लागत रुपमा सवैभन्दा बढि इलाममा ६ हजार नौ सय ९५ वगान छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411