हुवावेले भन्यो : यि मोडेलका फोनमा फेसबुक र गुगल नचले पूरै पैसा फिर्ता

सोमबार, आषाढ ९, २०७६ साल,
काठमाडौं । नेपालका लागि हुवावे स्मार्टफोनको वितरक कल मोविलिटीले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्ने प्रष्ट पारेको। उसले ढुक्क भए फोन किन्न र चलाउन उपभोक्तालाई आग्रह गरेको छ।

यदि ती एप्सहरु नचलेमा फोन तथा ट्याबलेटको पूरै मूल्य फिर्ता गर्ने उसले प्रतिबद्धतता व्यक्त गरेको छ।

ुयो प्रत्याभूतिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगल प्ले, गुगल म्यापहरू, यूट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछु कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

हुवावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई आश्वस्त पारेको छ।

अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएपछि गुगलले हुवावेसँगको सहकार्य तोड्ने घोषणा गरेको थियो। त्यस्तै फेसबुक जस्ता एप्सहरु पनि फोनमा इनबिल्ट नहुने बताइएको छ। तर यी सब व्यवस्था नयाँ यसपछि निर्माण हुने मोडलका फोन तथा ट्याबलेटमा मात्र लागू हुने छन्।

अमेरिकी प्रतिबन्धका बाबजुद सन् २०१८ को विश्वव्यापी त्रैमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे विश्व स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गर्न सफल रहेको छ। आईडीसी, एसए, क्यानलिस र काउन्टरपोइन्टले जारी गरेको रिपोर्टअनुसार हुवावेका स्मार्टफोन सामसङपछि बढी बिक्री भएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411