भिन्न कार्ड प्रयोग गरि एटिएमबाट पैसा निकाल्ने राजु कुमार पाण्डे पक्राउ

शनिबार, आषाढ ७, २०७६ साल,
काठमाडौँ । विभिन्न कार्ड प्रयोग गरि एटिएमबाट पैसा निकाल्ने राजु कुमार पाण्डे पक्राउ परेका छन् । बारा जिल्लाको पिपरपानी वडा नं ७ स्थायी घर भै काठामाडौँ महानगरपालिका वडा नं ३१ शंखमुल बस्ने  ३३ वर्षीय पाण्डेले राष्ट्रिय वाणिज्य बैंकको बिभिन्न स्थानमा राखिएको एटिएमबाट अनाधिकृत र गैह्रकानूनी रुपमा २० लाख भन्दा बढि रकम निकालेका हुन् ।

पाण्डेको साथबाट गोल्डेन कलरको सादा कार्ड थान, प्रभु बैक को सिसिर भण्डारीको नामको भिषा कार्ड एक थान, स्टाण्डर्ड चार्टर बैकको मास्टर कार्ड एक थान, नविल बैक को दिपावली पाण्डेको नामको भिषा कार्ड एक थान, सेन्चुरी बैकको पजल बस्नेतको भिषा डेविड कार्ड एक थान, रातो कलरको नोकिया कम्पनीको मोबाईल एक थान, सिलवर कलरको आइ फोन एक थान, एप्पल कम्पनीको ल्यापटप दुइ थान,बा ७३ प ७६८५ मोटरसाईकल एक थान, सिआइ विको टोलीले बरामत गरेको छ ।

पाण्डेसँगै उक्त कार्यमा संलग्न ३ जना रोमानियन नागरिकहरु पनि रहेको अनुसन्धानबाट खुल्न आएको सिआइविले जनाएको छ । रोमानियन नागरिकहरु आठ कहिना अघि  नेपाल आउदा ठमेलमा पाण्डेसँग चिनजान भई उक्त कार्यमा संलग्न रहेको अनुसन्धानमा खुल्न आएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411