अबदेखि भारत जान नेपालीलाई भिसा चाहिने

शुक्रबार, आषाढ ६, २०७६ साल,
काठमाडौं । अब भारत जान नेपालीका लागि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जनाएको छ ।

सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।

त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।

पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्‍यक पर्ने भएको हो ।

यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411