अब सिधै इ–सेवामा एनआईसी एशिया बैंकको काउन्टरबाट डिपोजिट

शुक्रबार, आषाढ ६, २०७६ साल,
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउन्टरबाट आफ्नो इ–सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ ।

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ वा इ–बैंकिङबाट मात्र रकम जम्मा  गर्न सक्थे भने अब ‘इ–सेवा काउन्टर डिपोजिट’को सेवाबाट पनि इ–सेवाको एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउन्टरबाट नै इ–सेवामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411