
काठमाडौं । अत्यन्तै न्यून ब्याजदरमा विभिन्न ब्यवसायका लागि कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मार्केट पर्श ग्लोबल कम्पनीलाई राष्ट्र बैंकले कर्जा प्रवाहमा रोक लगाएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०७५ को दफा

७६ बमोजिम कुनै पनि कम्पनीले निक्षप लिन वा कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनु पर्ने भएकाले मार्केट पर्श ग्लोबल कम्पनीले नेपाल राष्टै बैंकको स्वीकृति नलिइ कर्जा प्रवाहको विज्ञापन निकालेकाले सो कम्पनीलाई कर्जा प्रवाहमा रोक लगाएको हो ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ३१ बमोजिम बैंक तथा वित्तिय संस्था बाहेक अन्य कुनै कम्पनीले बैकिङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने कानुनी ब्यवस्था छ । साथै राष्ट्र बैंकले कुनै कम्पनीले त्यस्ता कानुन विपरीत काम गरे वा गराएमा कानुन बमोजिम कारवाहि गर्ने समेत जनाएको छ ।
मार्केट पर्श ग्लोबल कम्पनीले क्यासीनो, होटल, रिसोर्ट, अस्पताल, स्कुल, कलेज, जस्ता ब्यवसाय गर्नको लागि ६ प्रतिशत ब्याजदरमा नै ५ करोडसम्मको कर्जा उपलब्ध गराउने भन्दै कम्पनीको वेबसाइट, इमेल र मोबाइल नम्बर सहित राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेको थियो ।
मार्केट पर्श ग्लोबल कम्पनी भारतीय कम्पनी हो जसले नेपालमा आफ्नो ब्यवसाय विस्तार गर्न काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा आफ्नो कार्यालय स्थापना गरेको छ।