​साताको पहिलो दिन नेप्से झण्डै १० अंकले घट्यो, १७ करोड ५९ हजार रुपैयाँको कारोवार

आईतवार, जेष्ठ ३१, २०७२ साल,
​काठमाडौं । केही दिनदेखि निरन्तर झरिरहेको दोस्रो सेयर बजार ९ सय ३० अंकबाट पनि तल पुगेको छ। साताको पहिलो दिन नेप्सेमा ९ दशमलव ६ अंकको ह्रास आयो। यस दिन कारोवार गर्ने कम्पनी र रकम पनि घटेको छ। कूल १ सय १७ कम्पनीको ६ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरको किनबेचबाट १७ करोड ५९ हजार रुपैयाँको कारोवार भएको छ। 
 
यस दिन बिमा उपसमूहमा सबैभन्दा धेरै गिरावट आएको छ। ६७ अंकको बिमामा गिरावट आयो भने हाइड्रोपावर पनि ३८ अंकले तल ओर्लियो। त्यस्तै बैंकिङ उपसमूहमा ९ दशमलव ७ र होटल उपसमूहमा १२ दशमलव ७ अंकको गिरावट आएको छ। उत्पादन उपसमूहमा भने १९ अंकको बृद्धि रह्यो। 
 
यस दिन प्राइम कमर्सियल बैंकको २ करोड २२ लाख रुपैयाँको सेयर कारोवार भएको छ भने चिलिमे हाइड्रोको १ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। स्वरोजगार लघुवित्त र सुप्रिम डेभलपमेन्ट बैंकका लगानीकर्ताले उच्च सेयर मूल्य लिएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411