मेगा बैंकले किराना पसल चलाउनेलाई क्यूआर कोडबाट भुक्तानी लिएमा महिनाको ५ हजार दिने

बिहीवार, आषाढ ५, २०७६ साल,
काठमाडौँ । मेगा बैंकले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ बैंकले क्यूआर कोड प्रवद्र्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको जनाएको छ । यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरी भुक्तानी लिनुपर्नेछ ।

किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् ।

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।

नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साथ दिँदै बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ ।

यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न मेगा बैंकले अनुरोध समेत गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411