मानिससँग घुलमिल गरेको भन्दै भालुलाई मारे

बिहीवार, आषाढ ५, २०७६ साल,
एजेन्सी । अमेरिकाको ओरेगनस्थित जंगलमा एक भालुलाई मानिसहरूसँग घुलमिल गरेको आरोपमा मारिएको छ ।

अधिकारीहरूले ट्विटरमा भालु मारेको कुरा स्वीकार गर्दै लेखे, ‘उसले मानिसहरूसँग घुलमिल खतरनाक कुरा हो । पहिला त उसलाई घना जंगलमा छोड्ने निर्णय लिइएको थियो तर फेरि ऊ मानिससँगको सम्पर्कमा आउला भन्ने लाग्यो । उसलाई अर्को ठाउँमा सार्नु पनि खतरनाक हुन्थ्यो ।’

भालु जम्मा तीन वर्षको थियो । ऊ ४५ किलोको यिो । सानैदेखि ऊ मानिसहरूसँग मित्रवत व्यवहार गर्थ्यो । मानिसहरू उसलाई खाना खुवाउँथे र सेल्फी लिन्थे ।

भालुलाई मारेको खबर आएपछि मानिसहरू खुबै रिसाए । सामाजिक सञ्जालमा उनीहरूले वन विभागलाई निकै आलोचना गरे ।

अघिल्लो साता त्यो भालु ओरेगनको वाशिङटन काउन्टीमा रहेको स्कोजिन्स भ्याली पार्कमा देखिएको थियो । त्यतिखेर दुईजनाले वाशिङटन काउन्टीको शेरिफ कार्यालयलाई फोन गरेर सूचना दिए । प्रहरीले मानिसलाई भालुबाट टाढा बस्न ट्विटरमा चेतावनी दियो ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411