लज्जास्पद हारसँगै मनाङ एएफसी कपबाट आउट

बुद्धबार, आषाढ ४, २०७६ साल,
काठमाडौं । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कप अन्तरगतको पाँचौ चरणको खेलमा लज्जास्पद हार बेहोेरेको छ ।

पाँचौ खेलमा मनाङले बंगलादेशको ढाका अवहानी लिमिटेडसँग ५–० को लज्जास्पद हार बेहोरेको हो ।

लज्जास्पद हारसँगै मनाङको एक खेल अगावै अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ । मनाङ ५ खेलबाट २ अंक जोडेर पुछारमा छ ।

आजै भएको समूहको अर्को खेलमा दुई भारतीय टोलीले १–१ को बराबरी खेल्दै अंक बाडेपछि अवहानी अवहानी १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । चेन्नाईयिनको ८ र मिनेर्वाको ५ अंक छ । एक टोलीले मात्रै दोस्रो चरणमा स्थान बनाउनेछ ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मनाङ पहिलो हाफमै २–० ले पछि परेको थियो । निरिह देखिएको मनाङल दोस्रो हाफमा थप ३ गोल बेहोर्‍यो ।

मनाङ खेलको ११औं मिनेटमा पछि परेको थियो । नविव निवाज जीवनले ढाकाका लागि गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केलिभर्ट फेल्स बेलफर्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा जेवेल राना र ७५ औं मिनेटमा सन्डे चिजोबा एनवाडिलोले गोल गरेका थिए ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा मामुनल इस्लामले गोल गर्दै मनाङलाई ५–० को फराकिलो हार चखाए । मनाङले अन्तिम खेल घरेलु मैदानमा चेन्नायीन एफसीसँग २६ जुनमा खेल्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411