प्रधानमन्त्रीले भने मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो, धोका भयो

बुद्धबार, आषाढ ४, २०७६ साल,
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको बताएका छन्।

सरकारी निकायका उच्च अधिकारीले मेलम्ची खानेपानी आयोजनाको निर्माण सकिन्छ भनेर तोकेको मिति अगाडि नै ठेकेदार भागेको भन्दै प्रधानमन्त्रीले यसबारे आफूलाई गलत ब्रिफिङ भएको बताएका हुन्।

ुमैले आजित भएर मन्त्रालयको सचिवलाई मेरो डायरीमा आयोजना कहिले सकिन्छ मिति लेख्नुस् भनेँ, उहाँले लेखेको जस्ताको त्यस्तै छ,' उनले भने, 'आयोजना आउला भनेको ठेकेदार नै भाग्यो, यसबाट मुलुकलाई धोका भएको छ।'

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले जनता, विकास निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रतिकुल प्रभाव पार्न नहुने पनि बताए। बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनको गति सन्तोषजनक नभएको उल्लेख गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411