टेलिकमले ल्यायो २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर

बुद्धबार, आषाढ ४, २०७६ साल,

काठमाडौं । नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो।

यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि  FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिन्छ।

नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411