१०० रुपैयाँमा सबै रोगको उपचार गर्ने समताका सञ्चालक उत्तम सञ्जेल प्रहरी नियन्त्रणमा

मंगलवार, आषाढ ३, २०७६ साल,
काठमाडौं । समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।

क्लिनरको काम गर्ने उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

सञ्जेललाई नियन्त्रणमा लिएपछि आफन्तले शव बुझ्ने भएका छन्। सञ्जेललाई समातेपछि प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ।

सञ्जेललाई हाल महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ। महानगरीय प्रहरी परिसरले सञ्जेललाई पक्राउ गरिएको नभएर शान्ति सुरक्षाका लागि राखिएको जानकारी दिएको छ । अस्पतालमा आक्रोशित भीडबाट सुरक्षा दिन सञ्जेललाई प्रहरीले नियन्त्रणमा राखिएको हो ।

सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा ल्याएका हुन्। उनी ठूला व्यवसायी र चन्दादाताको सहयोग लिएर अस्पताल सञ्चालन गरिरहेका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411