रेडबुल लगायत इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध, चामलको निकासी खुल्यो

मंगलवार, आषाढ ३, २०७६ साल,
काठमाडौं । सरकारले रेडबुल लगायतका इनर्जी ड्रिक्सको आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

रेडबुलले आफुलाई इनर्जी ड्रिक्सको रुपमा ब्रान्डिङ गर्ने गरेको छ । यस्तै मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत पूर्णरुपमा रोक लगाएको छ ।

निर्यात तर्फ भने हिमाली जिल्लामा उत्पादन हुने चामलको निकासी खोलेको छ । यस्तै दालजन्य वस्तुमा रहरको निकासी समेत खोलिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411