कर्णाली नदीमा जीप खस्यो, जीपमा सवार १६ जना वेपत्ता

मंगलवार, आषाढ ३, २०७६ साल,
हुम्लाको खार्पुनाथा गाउँपालिका ५को खार्पुनाथ बाट याक्चु कुना जाँदै गरेको महेन्द्र पिक अप लु १ ज ७१६६ नम्बरको गाढी बेणुबिसौना र कैलेबालुको बिचखण्ड बाट गाडी कर्णाली नदिमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उद्धीतगर्दे साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँ बाट आज अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो। अहिले नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी वल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार गरिरहेको छ ।

तर गाडी नदिमा खसेको केहिसमय पछि गाडी नै कर्णाली नदिले नै पुरै छोपेकोले कुन ठाउँमा गाडी छ । सिमकोट विमानस्थल बाटै फिस्टेल एयरको हेलिकप्टर बाट घटनास्थलमा सुरक्षा निकाया पुगिसेकका छन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411