शिक्षक सेवा आयोगद्धारा शिक्षक लाइसेन्स परिक्षा फारमको सूचना प्रकाशन, यसरी गर्नुस् आवेदन

सोमबार, आषाढ २, २०७६ साल,
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परिक्षाको सूचना आज प्रकाशन गरेको छ । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरेको छ ।

अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिक शास्त्र, राजनीति शास्त्र, दर्शन शास्त्र, नीति शास्त्र,  मानव  शास्त्र,  मनोविज्ञान,  समाज  शास्त्र,  जनसंख्या  शिक्षामध्ये  कुनै  एक  विषयमा  मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहको हकमा (अनिवार्य विषयबाहे) कम्तीमा २०० पूर्णाङ क र स्नातक  तहको  हकमा सम्बन्धित  विषयमा कम्तीमा  ३००  पूर्णाङ क को  परीक्षा  उत्तीर्ण  गरेको उम्मेदवारले  मात्र  क्रमशः  निम्न  माध्यमिक  र  माध्यमिक  तहको  सामाजिक  अध्ययन  विषयको अध्यापन  अनुमति  पत्रको  लागि  हुने  परीक्षामा  उम्मेदवार  हुन  पाउनेछन् ।  साथै,  सम्बन्धित  तहको लागि तोकिएको न्यूनतम योग्यता वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेको उम्मेदवारले फरक फरक विषयमा परीक्षा उत्तीर्ण गरेकोमा आफुले चाहेको कुनै एक विषयमा उम्मेदवार हुन सक्नेछन् ।


आयोगले जारी गरेको सूचना



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411