भूकम्पपीडितले असार मसान्तभित्र पहिलो किस्ता नलिए, ३ लाख अनुदान कहिल्यै नपाउने

सोमबार, आषाढ २, २०७६ साल,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीहरूले असार मसान्तसम्म पहिलो किस्ता नलिएमा लाभग्राही सूचीबाट हटाउने भएको छ ।

प्राधिकरणले लाभग्राहीहरूले यही असार २१ गतेभित्र अनुदान सम्झौता गर्न र असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गर्दै त्यसो नगरेमा उक्त सूचीबाटै हटाउने भएको हो ।

निजी आवास अनुदानका ६० हजार भन्दा बढी भूकम्प प्रभावितहरू लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएकाले समयसीमा निर्धारण गर्नुपरेको प्राधिकरणका सहप्रवक्ताले बताए । सोमवार अपरान्हसम्मको तथ्यांक अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ ले मात्र अनुदान सम्झौता गरेको  बताए ।

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ–आफ्नो वडा कार्यालयहरूमा सम्पर्क राख्नुपर्ने प्राधिकरणले जानकारी गराएको छ ।

निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार लाभग्राहीले घरको जग हालेपछि मात्रै उनीहरूले दोस्रो किस्ताका लागि निवेदन दिन पाउनेछन् । दोस्रो किस्ताबापत लाभग्राहीले १ लाख ५० हजार रुपैयाँ पाउने प्राधिकरणले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411