राजश्व चुहावटमा २ सय ३८ जनाविरुद्ध १८ अर्बको बिगो दाबी

सोमबार, आषाढ २, २०७६ साल,
काठमाडौं । राजश्व अनजुसन्धान विभागले चालु आर्थिक वर्षमा राजश्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सकेको छ ।

विभिन्न ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरी २ सय ३८ व्यक्तिविरुद्ध बिगो र जरिवना स्वरूप १८ अर्ब ३२ करोड रुपैयाँको बिगो दाबी गरेको हो ।

विभागले सोमवार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३२ करोडसहित ३ वर्ष कैद माग दाबी गरिएको जानकारी गराएको हो ।

यसमा सुन भन्सार चोरी पैठारीको कसुरमा ६६ किलो ४ सय ग्राम सुनसमेत बरामद गरिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दामा संलग्न १ सय ४ जनाविरुद्ध ५ अर्ब ११ करोड बिगोसहित बिगोको तेब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

यसबाट राजश्व परिचालन र विप्रेषण आय प्राप्तिमा सकारात्मक प्रभाव पर्ने समेत उनको भनाइ थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411