लोकसेवा आयोगको अनलाइनमा समस्या, अब फारम कसरी भर्ने ?

सोमबार, आषाढ २, २०७६ साल,
काठमाडौं । लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट www.psconline.psc.gov.np/  लोड नहुने समस्या देखिएको छ ।

अनलाइन सिस्टममा समस्या आएको स्वीकार्दै आयोगका प्रवक्ता किरणराज शर्माले सर्भर थप्ने काम भइरहेको बताए ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अन्योलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्न थालेका छन् । यसरी फारम भर्नेहरूको एकै पटक अत्यधिक चापका कारण सर्भरमा समस्या देखिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411