उपत्यका संकटग्रस्त क्षेत्र घोषित

आईतवार, जेष्ठ ३१, २०७२ साल,
काठमाडौं । भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर भत्काउन थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दैवी प्रकोप उद्धार ऐन, २०३९ बमोजिम जोखिममा रहेका घर भत्काउने प्रयोजनका लागिमात्र तीन जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सरकारले स्थापना गरेको रु दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री रिजालले बताए।

त्यस्तै सरकारले महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालयमा रिक्त विशिष्ट श्रेणीको रिक्त पदमा क्रमशः राजेन्द्र नेपाल र केदारबहादुर अधिकारीलाई कायममुकाय नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ।

भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवर्द्धन समिति गठन गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411