स्कुटरबाट झरेर नारायणीमा हाम फालिन् युवती

शुक्रबार, जेष्ठ ३१, २०७६ साल,
चितवन । दाजुको स्कुटर पछाडि बसेर आएकी एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी छिन् । युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताए ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । पुलमा सवारी चापका कारण केही भीडभाड भएका बेला उनी स्कुटरबाट झरेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी युवतीको खोजी भइरहेको छ । सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माइत कञ्चनपुरको महेन्द्रनगर हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411