सुनको मूल्य बढेको बढै, बजेटपछि नै ३ हजार ५ सय रुपैयाँले बढ्यो

शुक्रबार, जेष्ठ ३१, २०७६ साल,
काठमाडौं । सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ।

आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएसंगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। सुनको मूल्य उकालो लाग्नुको मुख्य कारण बजेटमा बढाइएको भंसारकर भएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका सभापति रमेश महर्जनको भनाइ छ।

बजेटयता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ।
चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411