खाली गाडी अब नेपालबाट भारत छिर्न नपाउने

शुक्रबार, जेष्ठ ३१, २०७६ साल,
विराटनगर । ढुवानीमा प्रयोग गरिने खाली गाडी विराटनगरको जोगवनी नाका हुँदै भारत प्रवेशमा रोक लगाइएको छ । भारतीय सुरक्षा बल (एसएसबी) ले जामका कारण जोगवनी बजार क्षेत्र अस्तव्यस्त बनेको भन्दै प्रवेशमा रोक लगाएको हो । जोगवनीबाट २० किलोमिटरको दूरीमा रहेको फरवेशगन्जसम्म पुग्न ६ घण्टा भन्दा बढी समय लाग्न थालेको एसएसबीको दाबी छ ।

अररिया जिल्ला डीएम वैद्यनाथ यादवले जोगवनी नाकाबाट खाली सवारीसाधान नपठाउन मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई आग्रह गरेका छन् । माथिको आदेश भन्दै नाकामा गाडी प्रवेशमा रोक लगाएपछि बिहीबार दिनभर नाका ठप्प रह्यो ।

ती साधान नेपाल प्रवेश गर्न नपाउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको भन्सारका सूचना अधिकारी मनिराम पौडेलले बताए । भन्सारको मुख्य नाका नै ठप्प हुँदा साँझसम्म पनि माहबाहक सवारी साधन नेपाल भित्रिएनन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411