अन्तरिक्ष युद्धको तयारीमा भारत, यसरी भयो पाँचौं राष्ट्र

बिहीवार, जेष्ठ ३०, २०७६ साल,
काठमाडौं । मिसन शक्तिको सहयोगमा भारतले अन्तरिक्षमा उपग्रहलाई एसेट रकेटबाट खसालेको थियो । यो सफलतापछि अब अन्तरिक्षमा सुरक्षाका लागि भारतले अर्को एजेन्सी हुने भएको छ । यसको नाम रक्षा अन्तरिक्ष अनुसन्धान एजेन्सी राखिएको छ ।

रक्षा मन्त्रालय सूत्रका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षता भएको सुरक्षा मामिलामा मन्त्रिपरिषदीय समिति (सीसीएस)ले डीएसआरओको गठनका लागि मन्जुरी दिएको छ । एजेन्सीलाई अन्तरिक्षमा युद्धका लागि प्रविधिको विकसित गर्ने कामाका जिम्मेवारी दिइएको छ । अब भारतीय सेनाले आकाश, पृथ्वी तथा समुद्रपछि अन्तरिक्षमा पनि शत्रुलाई आक्रमण गर्न सक्ने भएको छ ।

अन्तरिक्षमा हुने कुनै पनि किसिमको लडाइँका लागि सैन्य बलको शक्तिमा वृद्धिका लागि मोदी सरिकारले ठूलो पmैसला लिएको छ । एजेन्सीको गठनका लागि पहिले नै उच्चस्तरीय बैठक भएको बताइएको छ । संयुक्त सचिवस्तरको वैज्ञानिकको नेतृत्वमा एजेन्सीले आफ्नो आकार लिन पनि सुरु गरेको छ । यो एजेन्सीमा वैज्ञानिक हुनेछन् । उनीहरूले तीन सेनाका साथ समन्वय स्थापित गर्ने काम गर्नेछन् ।

एजेन्सीमा तीन सेनाका सदस्य पनि संलग्न हुनेछन् । अन्तरिक्षमा स्याटेलाइट खसाल्ने क्षमता हालसम्म अमेरिका, रूस, चीन तथा जापानसँग मात्रै थियो । बैंगलोरस्थित प्रतिरक्षा स्पेस एजेन्सीको जिम्मेवारी एयर भाइस मार्सलका अधिकारीलाई सुम्पिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411