‘चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा’ मौसमविद

बिहीवार, जेष्ठ ३०, २०७६ साल,
काठमाडौँ ।  भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज (बिहीबार) नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिइन् । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उनले बताइन् ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।

यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411