५८ लाखसहित एक भारतीय पक्राउ

बुद्धबार, जेष्ठ २९, २०७६ साल,
काठमाडौं । भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा बारा प्रहरीले करिब ५८ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बाराको सुवर्ण गाउँपालिका ७ स्थित नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले भारतीय नागरिक वृजकिशोर कुमारलाई ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित पक्राउ गरेको हो। उनले शरीरका विभिन्न भागमा लुकाएर पैसा बोकेका थिए।
 
भारतबाट नेपाल पैसा ल्याउदै गरेको सूचना पाएपछि सीमा क्षेत्रमा सुवर्ण गाउँपालिकाको बड्की फुलवरिया प्रहरी चौकीका प्रहरीले चेकजाँच गरेका थिए।

बीआर एसी ४४८६ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनले दुबै खुट्टा, तिघ्रा, कम्मरमा बाधेर र हेल्मेटको भित्रि भाग, मोटरसाइकलको डिकी र लुगाको गोजीमा रकम लुकाएर नेपाल ल्याउदै गरेको अवस्थामा पक्राउ परेको बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए। पक्राउ परेका व्यक्तिले रकमको स्रोत खोल्न नसकेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिलाई नगदसहित छानबिन र कारवाहीको लागि पुल्चोकस्थित सम्पती शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको राठौरले जानकारी दिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411