पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी नै चुर्लुम्म डुब्यो

मंगलवार, जेष्ठ २८, २०७६ साल,
काठमाडौं । पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ आफैं  दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित शहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा वा। २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए ।

बर्षात्को समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलामा डुबेको हो । खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे गाडी भने जेसिबीको प्रयोग गरी बाहिर निकालियो छ ।

यसैगरी, पुलको शिलन्यास गर्दै सोमबार मन्त्री महासेठले निर्वाचनमा गरेका बाचा पूरा गर्न सरकार लागेको भन्दै एजेण्डालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउदै उनले स्याङ्जाको सेतीदोभान —घण्टे —पर्वत सडक र वालिङ् —बारिकुना—चापाकोट—रामपुर सडक सडक बजेटमा समेटिएको जानकारी दिए ।  
 
सडक डिभिजन कार्यालय पोखराबाट निर्माण हुनलागेको पुल अर्जुनचौपारी–३ हुदै आधीखोला गाउँपालिका–१ जोड्नेछ । ३ करोड ७ लाखको लागतमा निर्मित पुल  एक बर्ष ६ महिनामा सक्ने सर्तमा जिएसआर निर्माण सेवा पोखराले निर्माणको जिम्मा पाएको छ । पुल २० मिटर लामो, आरसिसी डबल लेन तथा ओपन फाउण्डेसनको हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411