रिलायबल लाइफ एनसीएचएलसँग आबद्ध, लाईफ इन्स्योरेन्समा पहिलो
सोमबार, जेष्ठ २७, २०७६ साल,

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ।
सम्झौता अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने छ।
सम्झौता पत्रमा रिलायबलका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको जनाइएको छ।