विचरा माहुरीको के दोष ? बनरक्षकले नै जलाए ३१ घार माहुरी

आईतवार, जेष्ठ २६, २०७६ साल,
काठमाडौं । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाए जलाएका छन्।

ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।

शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका  छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको छायानाथ रारा नगरपालिका ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताएका छन्।

आगो लगाएर जलाएका जानदेवी बमका २४ र राजदेवी ऐडिका ७ गरी ३१ घारमा माहुरी थिए। नजलाएको हुन्थ्यो भने कात्तिक महिनामा मह संकलन गरिन्थ्यो।

आफूहरूले निकुञ्ज क्षेत्र भित्र घार नराखेको स्थानीयले बताए। 'समुदायले उपभोग र संरक्षण गर्ने मध्यवर्ती  क्षेत्रको वनभित्र माहुरी घार राखेका हौँ', जानदेवी बमले भनिन्, 'विचरा माहुरीको के नै दोष थियो र ३१ घारका माहुरीलाई आगो लगाएर जलाइयो ?
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411