इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

आईतवार, जेष्ठ २६, २०७६ साल,
एजेन्सी

 इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

“खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दावीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ ।

इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दावी पनि हतामीले गरे ।

अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली हतियारको निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411