पुनर्निर्माणमा ६ दर्ब ६६ अर्ब खर्च लाग्ने : राष्ट्रिय योजना आयोग

आईतवार, जेष्ठ ३१, २०७२ साल,
काठमाडौं । सरकारले नेपालमा हालै गएका भूकम्पले पुर्‍याएको क्षतिको अध्ययन गरि पुनर्निर्माणका लागि चाहिने रकमको आंकलन गरेको छ।

राष्ट्रिय योजना आयोगको नेतृत्वमा सम्पन्न सो अध्यनले क्षति पुगेका र भूकम्पमा हामीले पूरै गुमाएका संरचनाहरुको निर्माणका लागि ६६६ अर्व लाग्ने निश्कर्ष निकालेको छ। सो निश्कर्षसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  गोविन्द पोख्रेलले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार साँझ बुझाएका छन्।

योजना आयोगको नेतृत्वमा विश्व बैंक, एशियाली विकास बैंक, जापान, भारत लगायका विज्ञहरू संग्लग्न टोलीले करिब तीन साता लगाएर सो प्रतिवेदन तयार पारेको हो। ‘बिपत्ति पछिको आवश्यकताको आंकलन’ नाम दिएको सो अध्ययनले भूकम्पले असर  पुर्‍याएका २३ ओटा विभिन्न क्षेत्रहरुमा क्षतिको अध्ययन गरेको थियो।

सबै भन्दा धेरै क्षति निजी तथा सरकारी भवनहरूमा पुगेको सो प्रतिवेदनले जनाएको छ। त्यसपछि पर्यटन, शिक्षा, कृषि र स्वास्थ क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले गर्ने यस्तो आंकलनको विश्वसनियता दातृ राष्ट्र र निकायलाई पनि होस् भन्ने सोचले सरकारले सो अध्ययनमा विदेशी दातृ निकायका प्रतिनिधिहरुलाई पनि संग्लन गरेको हो।

तीन सातामा सम्पन्न गरिएको यो अध्ययनको आंकलन पूर्ण भने होइन। असार १३ गते काठमाडौंमा गर्न लागिएको दातृ निकायहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तूत गर्नका लागि छोटो समयमा नै गरिएको यो प्रारम्भिक अध्ययन मात्र हो। क्षेत्रगत तहमा पछि विस्तृत अध्ययन गरिने छ।

सो अध्ययन पछि दातृ निकायको दोस्रो सम्मेलन सेप्टेम्बरमा गरिने योजना छ। सो सम्मेलन जापानमा गर्न जापान सरकारले नेपाललाई आमन्त्रण गरिसकेको छ।

प्रारम्भिक आकलनकै आधारमा भएपनि केहि दातृ निकायले नेपाललाई दिने आर्थिक सहयोगको जानकारी सरकारलाई दिइसकेका छन्।

सरकारसँग अर्थ मन्त्रालयको अहिले जारी वार्तामा विश्व बैंक, एशियाली बिकाश बैंक र जापानी विकास नियोग-जाईकाले मात्रै करिब ५०० मिलियन अमेरिकी डलर पुनर्निर्माणका लागि सहयोग गर्ने बताइसकेका छन्। दातृ सम्मेलनमा भाग लिन एशियाली विकास  बैंकका अध्यक्ष आफैं आउने कार्यक्रम छ।

सो सम्मेलनमा दुई दर्जनभन्दा बढी मुलुक र निकायका प्रतिनिधिले भाग लिनेछन्। ‘अरूसँगको छलफल पनि सकारात्मक छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411