​साढे १० अंकले बढ्यो नेप्से, १७ करोड ७६ लाखको कारोबार

बुद्धबार, पौष ९, २०७१ साल,
काठमाडौं पौष ९ - बुधबार १०.५९ अंकले बढेर नेप्से पिरसूचक ८८७.८० अंकमा पुगेको छ । बुधबार बजार खुलेदेखि नै नेप्से बढेको हो ।

साताको सुरुवातदेखि नै लगातार तीन दिन घटेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । आइतबार साढे ८ अंकले, सोमबार ११ अंकले र मंगलबार ८ अंकले नेप्से घटेर ८७६ अंकमा झरेको थियो ।

नेप्सेमा भएको घटबढ स्वभाविक नै भएको विश्लेषकहरुले बताएका छन । केही महिनायता नेप्से केहीदिन घट्ने र केही दिन बढ्ने प्रवृत्तिमा छ । ६ महिनाअघि नेप्से सूचक १००० अंक नाघेको थियो ।

बुधबार होटल र वित्त कम्पनी बाहेक सबै समुहगत परिसूचकहरु बढेका छन । होटलको सूचक ६.६६ अंकले र वित्त कम्पनीको सूचक २.३३ अंकले घटेका छन ।

वाणिज्य बैंक समुहको सूचक १४.२२ अंकले, विकास बैंकको ४.५२ अंकले, जलविद्युतको ३२.२६ अंकले, बीमाको ३२.४३ अंकले र अन्य समूहको सूचक १.१७ अंकले बढेको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

यो दिन १ सय ३२ कम्पनीका ४ लाख ३० हजार कित्ता सेयर १७ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411