आज नयाँ दिल्ली जान लागेको जहाजमा पाइलटले सिस्टम अन गर्न बिर्सेपछि.........

आईतवार, जेष्ठ २६, २०७६ साल,
काठमाडौं । आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५। एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो। जहाज सबै तयारी पूरा गरी ट्याक्सी वेमा पुग्यो।  तर अचानाक रोकियो।

ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्तण कक्षमा सूचना आयो आइआरएस(इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने। ‘त्यसपछि हामी त छक्क प¥यौ, उडानभन्दा ठिक अघि विभिन्न प्राविधिक तथा प्रणालीगत परीक्षण अनिवार्य हुन्छ जुन आज भएन’ विमानस्थल कार्यालय स्रोतले भन्यो।

यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ। पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ। तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको पाइएको छ।

यसअघि नेपाल एयरलाइन्सकै वाइ १२ जहाजकाट क्याप्टेन रहेका घिमिरेको एयरबस ३२० जहाजको पहिलो उडान थियो। त्यसैले उनलाई प्रशिक्षक पाइलट र प्राधिकरणका सुपरीवेक्षक पनि राखिएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411