मध्यरातमा कास्कीबाट विप्लव माओवादीका १८ कार्यकर्ताको बैठक स्थल घेराहाली पक्राउ

आईतवार, जेष्ठ २६, २०७६ साल,
काठमाडौं । नेपाल प्रहरीले शनिबार राति विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन्। उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका ११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन्।

पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख दानबहादुर कार्कीले बताए। उनीहरू त्यहाँको स्थानिय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411