यी हुन् संसारका सबभन्दा महंगा १० किताब, कुनको मूल्य कति ?

शनिबार, जेष्ठ २५, २०७६ साल,
किताबको मूल्यको महत्त्व त्यसलाई पढ्ने मानिसले मात्र बुझ्न सक्छन् । तर एउटा किताब कति महंगो हुन सक्छ भनी कसैले अन्दाज गर्न सक्दैन । यहाँ हामी तपाईं केही किताबका बारेमा बताउँदैछौं जसको मूल्य सुनेर तपाईंको दिमाग एकचोटि त चक्कर खान्छ ।

यी किताबहरूको मूल्य यति धेरै छ कि कसैले पनि यिनलाई किन्न सक्दैन । हरेक वर्ष ब्लूम्स्बरी अक्सनमा मानिसहरूले विभिन्न किताबको लिलाम बढाबढमा बोली लगाउँछन् ।

द कोडेक्स लिसेस्टर

लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ । यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले त्यति धेरै मूल्य तिरेर किनेका हुन् ।

द गोस्पेल अफ हेनरी द लायन, अर्डर अफ सेन्ट बेनेडिक्ट

यसको मूल्य करीब १२० करोड रुपैयाँ छ । ईशाको १२औं शताब्दीमा रोमन संस्कृतिको यो धार्मिक पुस्तकलाई जर्मन सरकारले त्यति मूल्य तिरेर किनेको थियो ।

बर्ड्स अफ अमेरिका

जेम्स अडबनको यो पुस्तकको मूल्य लगभग ११६ करोड रुपैयाँ छ । सन् २०१० मा यसको दोस्रो संस्करण लन्डनमा लिलाम बिक्री भएको थियो र एक खरिददारले त्यति धेरै पैसामा यसलाई किनेका थिए ।

द क्यान्टरबरी टेल्स

जोफ्रे चोसरको यो पुस्तकको मूल्य लगभग ७७ करोड रुपैयाँ छ । सन् १९९८ मा लन्डनमा लिलाम बिक्री गरिएको यो पुस्तक त्यति मूल्यमा बिकेको थियो ।

फर्स्ट फोलियो

महान् नाटककार विलियम शेक्सपियर यो पुस्तक लगभग ६३ करोड रुपैयाँमा बिकेको थियो । सन् २००१ म न्युयोर्कमा भएको लिलामीमा माइक्रोसफ्टका सहसंस्थापक पल एलनले यसलाई त्यति मूल्य तिरेका थिए ।

गुटेनबर्ग बाइबल

लगभग लगभग ४९ करोड रुपैयाँमा यो किताब सन् १९८७ मा बिकेको थियो । संसारको पहिलो मुभेबल छापाखानाका जम्मा ४८ प्रति छापिएको यो पुस्तकको एक प्रति त्यति धेरै मूल्यमा किनिएको हो ।

लुइस डुहमेल डु मोनकाउ

पियरे एन्टोनीले लेखेको यो पुस्तक करीब ४८ करोड रुपैयाँमा बिकेको थियो । फल लाग्ने बोटहरूका बारेमा लेखिएको यो पुस्तकको पाँच खण्डहरू छन् ।

जियोग्राफिया कस्मोग्राफिया

क्लडियस टलेमीको यो किताब लगभग ४२ करोड रुपैयाँमा बिकेको थियो । संसारको सबभन्दा पहिलो छापिएको एटलस हो यो । लन्डनमा भएको लिलामीमा यसको त्यति धेरै मूल्य तिरिएको थियो ।

द टेल्स अफ बीडल द बार्ड

ह्यारी पोटर शृंखला लेखेर ख्याति कमाएकी जेके रोलिङको यो किताबको मूल्य करीब ४१ करोड छ । रोलिङले यो किताबको सात मूल प्रति बनाएकी थिइन् र हरेक प्रति तथा त्यसका रेखाचित्र आफ्नै हातले बनाएकी थिइन् । यसको ६ प्रति उनले आफ्ना साथी र सम्पादकहरूलाई बाँडिदिइन् भने एक प्रति चाहिँ उनले अमेजन डट्कममा लिलामी गर्न राखिन् । त्यहीँ यो पुस्तक त्यति धेरै मूल्यमा बिक्यो ।

द फर्स्ट बूक अफ युरिजेन

बेलायती कवि विलियम ब्लेकको यो पुस्तक करीब २७ करोड रुपैयाँमा बिक्यो । सन् १७९४ मा यसको जम्मा आठ प्रति तयार गरिएको थियो । सन् १९९९ मा किताब संग्रह गर्न मन पराउने एक व्यक्तिले यसलाई त्यति मूल्य हालेर किनेका थिए । एजेन्सीको सहयोगमा

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411