अब ऋण लिन बैंक जानु पर्दैन, घरबाटै सबै बुझ्न सकिने

शुक्रबार, जेष्ठ २४, २०७६ साल,
काठमाडौं । के तपाई घर, सवारी साधन, अचल सम्पति कर्जा लिने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आफु नजिकैको बैंक तथा वित्तीय संस्था धाउनु नपर्ने भएको छ ।

अब तपाईले कर्जा बजार डटकममार्फत नै आफुले लिन चाहेको कर्जाको बारेमा छोटो समयमा थाहा पाउन सक्नुहुने छ । त्यो पनि घर वा कार्यालयमा बसेर ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गर्ने कर्जाहरु ९घर, सवारी साधन, अचल सम्पति कर्जा, क्रेडिट कार्ड आदिका बारेमा अब जानकारी लिन अब धेरै समय लगाउने समय अब सकिएको छ । यसका लागि इच्छुक सेवाग्राहीले कर्जाबजार डटकमको वेभसाइट हेर्नुपर्नेछ । त्यहाँ उलेखित सबै सूचना राखिएको हुने बताइएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कर्जाबजार डटकममा सर्च गर्दा आफुले लिन चाहेको कर्जाको ब्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेको मापदण्ड आदिका बारेमा जानकारी पाउने सकिने छ ।

कर्जाबजार डटकममा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदन दिनका लागि चाहिने प्रकृयाका समेतका बारेमा जानकारी लिन सकिने निर्देशक यूरोप श्रेष्ठले बताए ।

कम्पनीका अनुसार अहिलेसम्म स्टयान्डर्ड चार्टर बैंक, एनएमबी बैंक र लक्ष्मी बैंकले सम्झौता गरिसकेको छ भने सिन्धु विकास बैंकले पनि कर्जा बजारसँग सम्झौता गरिसकेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411