नेप्सेको वर्गीकरणमा ५ बैंक मात्र समूह ए मा, वि मा कुनै कम्पनी परेनन्, अन्य कुनमा परे

शुक्रबार, जेष्ठ २४, २०७६ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वर्गीकरण सार्वजनिक गर्दा पाँच वणिज्य बैंक ए समूहमा पर्न सफल भएका छन् । समुह वि मा कुनै कम्पनी समाबेश गरिएको छैन ।

नेप्सेले सार्बजानिक गरेको वर्गीैकरण सूचीको समूह ए मा पर्ने पाँच वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र सनराइज बैंक छन् । २८ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंक समूह जेड मा परेका छन्।

त्यस्तै समूह जी मा राधी विद्युत, पञ्चकन्या माई हाईड्रोपावर लगायतका ३४ वटा कम्पनीहरु परेका छन्। बाँकी सबै कम्पनी समुह जेड मा परेका छन्। धितोपत्र बोर्डको नियम अनुसार नेप्सेले हरेक तीन महिनामा कम्पनीहरुको वर्गीकरण सार्वजनिक गर्ने गर्छ ।

समूह ए मा पर्ने कम्पनीहरुलाई राम्रो मानिन्छ भने बी मा पर्ने कम्पनीहरुलाई सामान्य रुपमा लिईन्छ । जी वर्गमा पर्ने कम्पनीहरु कमजोर अवस्थाका हुन्छ्न भने जेड वर्गमा पर्ने कम्पनीहरुलाई खराब मान्नुपर्ने हुन्छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411