जनता बैंकमा ६७ जनालाई जागिर खुल्यो, यसरी अनलाईन आबेदन दिनुहोस

शुक्रबार, जेष्ठ २४, २०७६ साल,
काठमाडौं । बैंकमा जागिर खान चाहानेहरुका लागि जनता बैंकले जागिर खुलाएको छ । बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको हो ।

बैकद्धारा प्रकाशित सूचना अनुसार ब्रान्च म्यानेजरमा ७ जना, रिलेसनसिप म्यानेजरमा १२ जना, असिस्टेन्ट रिलेसनसिन म्यानेजर पदमा २८ जना, अपरेसन इन्चार्ज १४ जना, स्वीफ्ट डिपार्टमेन्ट अफिसरमा २ जना र असिस्टेन्टमा ४ जनाका लागि रोजगारी खुलाएको जनाएको छ ।

जागिर खान चाहानेहरुको उमेर हदबन्दि भने पद अनुसार फरकफरक तोकेको छ । त्यसैगरी शैक्षिक योग्यता र अनुभवपनि पद अनुसार विभिन्न तह र समयावधि तोकिएको छ ।

विभिन्न पदका लागि मागिएका विशेषता पुरा हुने उमेदवारहरुले बैकको बेभसाइट www.janatabank.com.np/career लगइन गरि अनलाइन फाराम भर्नुपर्ने बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411